News Summary
Generated by OK AI. Editorially reviewed.- एभर्टनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई ३-० ले पराजित गरेको छ।
- बेटोले दुई गोल र इलिमान एनिदाएले एक गोल गर्दै एभर्टनको जित सुनिश्चित गरे।
- एभर्टनले ३१ खेलबाट ४६ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ भने चेल्सी छैटौंमा छ।
८ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एभर्टनले चेल्सीमाथि शानदार जित हासिल गरेको छ ।
घरेलु मैदान हिल डिकिन्सनमा भएको खेलमा एभर्टन ३-० ले विजयी भएको हो । एभर्टनको जितमा बेटोले दुई गोल गर्दा इलिमान एनिदाएले एक गोल गरे ।
खेलको ३३औं मिनेटमा बेटोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६२औं मिनेटमा बेटोले नै गोल गर्दै अग्रता दोब्बर पारे ।
७६औं मिनेटमा एनिदाएले गोल गर्दै अग्रता अझ फराकिलो बनाए । चेल्सीले १० शटमध्ये चारवटा टार्गेटमा राखेको भएपनि एभर्टनले कुनै मौका दिएन ।
जितसँगै ३१ खेलबाट ४६ अंक जोडेर एभर्टन आठौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ४४ अंक रहेको चेल्सी छैटौंमा यथावत् छ ।
गएराति नै भएका अन्य खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दा फुलहमले बर्नलीलाई ३-१ ले पराजित गर्यो ।
प्रतिक्रिया 4