News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले माल्दिभ्समा सुरु हुने साफ यू-२० च्याम्पियनसिपमा पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
- नेपाल र भुटानबीचको खेल मालेस्थित नेसनल स्टेडियममा नेपाली समय अनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ।
- नेपालको टोली धर्मेन्द्र कुँवरको कप्तानीमा करिब एक महिनाको तयारीपछि माल्दिभ्स पुगेको हो र उपाधि जित्ने लक्ष्य राखेको छ।
९ चैत, काठमाडौं । आजदेखि माल्दिभ्समा सुरु हुने साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग खेल्दैछ ।
समूह ‘ए’ मा रहेको नेपाल र भुटानबीचको खेल मालेस्थित नेसनल स्टेडियममा नेपाली समय अनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ ।
यस्तै समूह ‘ए’ मै रहेको आयोजक माल्दिभ्सले आजै राती सवा ९ बजे श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन ।
धर्मेन्द्र कुँवरको कप्तानीमा रहेको नेपाली टोली करिब एक महिनाको तयारीपछि माल्दिभ्स पुगेको हो । नेपाली टिममा विगतका उमेर समूहको प्रतियोगिता खेलेको र राष्ट्रिय टिमबाट समेत खेलेका सुवास बमसहित राष्ट्रिय लिग खेलेका खेलाडीहरु भएकोले यस पटक उपाधि जित्ने लक्ष्य राखेको छ ।
पछिल्लो पटक भुटानले पनि उमेर समूहमा निकै सुधार गरिरहेकोले नेपालका लागि पहिलो खेल महत्वपूर्ण हुनेछ ।
दक्षिण एसियका ७ टोलीलाई दुई समूहमा विभाजन गरेर यस प्रतियोगिता खेलाइँदैछ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतिक्रिया 4