+
+
Shares

झिमरुक–लुङ किनारका बस्ती अब सडक सञ्जालमा जोडिँदै

किटघाट (कुटीचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन तीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै दुई दशक लामो प्रतीक्षा पूरा हुने भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झिमरुक र लुङ किनारका किटघाट, दोभै र मच्छी–पिडाल्नेमा तीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेका छन्।
  • २०८१ असार ७ मा सुरु भएको किटघाट पुल निर्धारित समयअघि नै सम्पन्न भइसकेको छ।
  • यी पुलहरूले तुषारा बेँसी क्षेत्रका बासिन्दालाई सडक सञ्जालमा जोड्दै दैनिक जीवन र आपतकालीन सेवामा सहजता ल्याउनेछन्।

१० चैत, प्यूठान । झिमरुक र लुङ किनारका बस्ती अब विकासको मूलधारमा समेटिने भएका छन् ।

किटघाट (कुटीचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन तीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै दुई दशक लामो प्रतीक्षा पूरा हुने भएको हो।

बाग्दुला–मच्छी र बाग्दुला–बाहाने सडकको विपरीत किनारमा रहेका यी बस्तीका लागि नदी नै सबैभन्दा ठूलो अवरोध थियो । कच्ची सडक पुगे पनि पुल अभावमा सवारी सञ्चालनमा तगारो बनेको थियो । अब भने पुल निर्माणसँगै ती बस्ती सिधै सडक सञ्जालमा गाँसिँदै छन्—जसले दैनिक जीवनदेखि आपतकालीन अवस्थासम्म सहजता ल्याउनेछ ।

२०८१ असार ७ मा ४ करोड ७८ लाख रुपैयाँमा सुरु गरिएको किटघाट पुल निर्धारित समयअघि नै सम्पन्न भइसकेको छ ।

निर्माण कम्पनी आशु निर्माण सेवाले मच्छी–पिडाल्ने पुल पनि असारभित्रै सक्ने लक्ष्य राखेको छ, जसको लागत ७ करोड २६ लाख रुपैयाँ छ।

यी पुलहरूले विशेषगरी तुषारा बेँसी क्षेत्रका बासिन्दालाई ठूलो राहत दिनेछन् । हिजोसम्म नदीपारि गुडिरहेका सवारी हेरेर बस्नुपर्ने बाध्यता थियो—अब त्यो दूरी केवल भौगोलिक होइन, विकासको दुरी पनि घट्दैछ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा करिब ३१ करोड रुपैयाँ सुनिश्चित गरेपछि वर्षौँदेखि थन्किएको योजना बल्ल कार्यान्वयनमा आएको हो ।

प्रदेश सांसद निमा गिरीको पहलमा अघि बढेको यस योजनाअन्तर्गत किटघाट, पिडाल्ने र दोभै पुल निर्माण भइरहेको छ।

हाल किटघाट पुल पूर्ण रूपमा सञ्चालनयोग्य भइसकेको छ । पिडाल्ने पुल ८५ प्रतिशत र दोभै पुल करिब आधा निर्माण सम्पन्न भइसकेको छ । दोभै पुल सकिएसँगै दोभैदेखि पिपलटारीसम्मका बासिन्दाले प्रत्यक्ष लाभ पाउनेछन् भने बाहाने–मच्छी सडक सिधै जोडिनेछ ।

पुल निर्माणले केवल दूरी घटाएको छैन, समय र जोखिम पनि घटाएको छ । बाहानेबाट मच्छी र तुषारा पुग्न वाग्दुला घुमेर जानुपर्ने करिब ११ किलोमिटर दूरी अब इतिहास बन्दैछ । वर्षायाममा नदी बढ्दा हुने जोखिमपूर्ण आवतजावत पनि अन्त्य हुने अपेक्षा गरिएको छ।

पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलका अनुसार स्रोत अभावले ढिलाइ भए पनि अवधारणा पहिले नै तयार थियो ।

‘बजेट सुनिश्चित भएपछि योजना गति लियो,’ उनले भने।

यससँगै बाग्दुला–मच्छी सडकमा ३५ करोड र वाग्दुला–अधेरी सडक कालोपत्रेका लागि १२ करोड रुपैयाँ विनियोजन भई काम तीव्र गतिमा अघि बढिरहेको छ। प्रदेश सरकारका मन्त्री सरोज थापाले अनुगमन गर्दै निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन्।

यी तीन पुल अब स्थानीयका लागि अवसरका ढोका हुन्। कृषि उत्पादन बजारसम्म, बिरामी अस्पतालसम्म, विद्यार्थी विद्यालयसम्म र आपतकालीन सेवा घरदैलोमै पुग्ने आधार बनेका छन्।

झिमरुक–लुङ किनारका बस्तीका लागि यसले  ठूलो राहत पुग्ने आम नागरिकको अपेक्षा छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?