News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको आयोगको प्रतिवेदनमाथि आपत्ति जनाउनुभएको छ।
- ओलीले आयोगका पदाधिकारीहरू पार्टीविरुद्ध विषाक्त धारणा राख्ने भएकाले स्वतन्त्र छानबिन अपेक्षा गर्न नसकिने बताउनुभएको छ।
- ओलीले भदौ २३ र २४ को आन्दोलनमा धेरै आमाको कोख रित्तिएको भनाइमा पनि आपत्ति जनाउनुभएको छ।
१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनमाथि आपत्ति जनाएका छन् ।
नेकपा एमालेका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालयमा निर्देशन दिनेक्रममा उनले एमालेविरुद्ध हमला जारी रहेको बताएका हुन् ।
‘हाम्राविरुद्ध हमला जारी छ । कार्की आयोग भन्ने एउटा आयोग बनाइएको थियो । सुरुमै हाम्रो पार्टीको १०औं केन्द्रीय कमिटीले आयोगका पदाधिकारीकाहरू पहिले नै आफ्ना धारणा व्यक्त गरिसकेका, हाम्रो पार्टीका विरुद्ध विषाक्त आग्रहपूर्ण धारणा व्यक्त गरिसकेका व्यक्तिहरू भएकाहरू हुनाले स्वतन्त्र छानबिन अपेक्षा गर्न सकिँदैन भनेका थियौँ,’ उनले भने, ‘ खास गरी नेकपा एमाले अध्यक्षको बारेमा तत्कालीन प्रधानमन्त्रीको बारेमा फौजदारी अपराध दण्ड संहिताअनुसार छानबिन गर्न र मुद्दा चलाउने सिफारिस गरेको छ । घटनास्थलमा व्यक्ति उपस्थित हुनुपर्छ प्रत्यक्ष संलग्न भएको हुनुपर्छ । अनिमात्रै उसले लापरबाही गर्दा मर्यो भन्ने हुन्छ । जो मान्छे उपस्थित नै छैन लापरबाही भन्ने कुरै हुँदैन ।’
त्यस्तै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा धेरै आमाको कोख रित्तिएको भनेर भनिएकोमा पनि आपत्ति जनाए । ‘प्रधानमन्त्रीको यस्ता कुरामा न गोली चलाउने कुरा, न चलाउँछ न आदेश दिन्छ । यसबीचमा मानिसहरू मरेका छन् । कसले जिम्मा लिने ? धेरै आमाको कोख रित्तिएको भनियो । अहिले मान्छे मर्दा आमाको कोख रित्तिएको छ कि छैन ?’ उनको प्रश्न थियो ।
प्रतिक्रिया 4