+

पाँच सेटको थ्रिलरमा न्यु डायमन्डले नेपाल पुलिसलाई हरायो

२०८३ वैशाख  १७ गते २१:१० २०८३ वैशाख १७ गते २१:१०
पाँच सेटको थ्रिलरमा न्यु डायमन्डले नेपाल पुलिसलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले रेडबुल दशाैं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ अन्तर्गत नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको छ।
  • दुवै टोलीले लगातार चार खेल जितेर फाइनल पुगिसकेका छन् र शनिबार उपाधिका लागि भिड्नेछन्।
  • पाँच सेटसम्म चलेको खेलमा न्यु डायमन्डले निर्णायक सेट १५-१३ ले जितेर विजयी भएको हो।

१७ वैशाख, काठमाडौं । रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फ लिग चरणको अन्तिम खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको छ ।

यसअघि नै दुई टोली लगातार चार खेल जित्दै फाइनल पुगिसकेका छन् । दुई अपराजित टोलीबीच बिहीबार भएको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्दा न्यु डायमन्डले जित हात पारेको हो ।

न्यु डायमन्डले पहिलो सेट २५-१९ ले जितेर खेलमा अग्रता बनाएको थियो । त्यसपछि पुलिसले पुनरागमन गर्दै लगातार दुई सेट २५-२२ र २५-११ ले आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनाएको थियो ।

तर त्यो अग्रता पुलिसले कायम राख्न सकेन । न्यु डायमण्डले चाैथो सेट २५-१५ ले जित्दै खेल २-२ को स्थितिमा ल्यायो र पाँचाैं तथा निर्णायक सेट १५-१३ ले जित्दै न्यु डायमन्डले खेल जित्यो ।

अब यी दुई टोलीबीच शनिबार उपाधिका लागि भिडन्त हुनेछ ।

१०औं पीएम कप एनभीए भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय