News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले इस्पान्योललाई २–० ले पराजित गरेपछि बार्सिलोनाले ला लिगाको उपाधि जित्न अझै पर्खनुपर्ने भएको छ।
- बार्सिलोनाले अर्को आइतबार नोउ क्याम्पमा रियल मड्रिडसँग हुने एल क्लासिकोमा बराबरी खेले मात्र च्याम्पियन बन्नेछन्।
- बार्सिलोना सिजनको अन्तिम चार खेल जितेमा १०० अंक पुर्याउँदै ला लिगामा सबैभन्दा धेरै ३३औं उपाधि जित्ने सम्भावना छ।
२१ वैशाख, काठमाडौं । आउँदो एल क्लासिको खेल जिते बार्सिलोनाले ला लिगाको उपाधि जित्ने भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले इस्पान्योललाई पराजित गरेपछि बार्सिलोनाले उपाधिका लागि अझै पर्खनुपर्ने भएको हो ।
आरसीडीई स्टेडियममा भएको खेलमा रियल मड्रिड २–० ले विजयी भयो । जितमा भिनिसियस जुनियरले दोस्रो हाफमा दुई गोल गरे ।
उनले पहिलो गोल गोन्सालो गार्सियासँगको उत्कृष्ट वन–टु पासपछि गरेका थिए भने दोस्रो गोल जुड बेलिङहमको ब्याकहिल पासमा गरे । यसअघि भिनिसियसको एक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
इस्पान्योलका ओमार एल हिलालीलाई भिनिसियसमाथि फाउल गरेपछि रेफ्रीले रातो कार्ड देखाए पनि भिडियो सहायक रेफ्री (भीएआर) को सहायतामा निर्णय उल्टाइएको थियो ।
यस नतिजासँगै बार्सिलोनालाई उपाधि जित्न अझै कुर्नुपर्ने भएको छ । अब उनीहरूले अर्को आइतबार आफ्नै मैदान नोउ क्याम्पमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध हुने ‘एल क्लासिको’ मा बराबरी खेले मात्र पनि च्याम्पियन बन्नेछन् ।
ला लिगाको ९७ वर्षे इतिहासमा ‘एल क्लासिको’ मै उपाधि जितिएको उदाहरण छैन, जसले यसपटक इतिहास बन्ने सम्भावना बढाएको छ ।
बार्सिलोना हाल रियलभन्दा ११ अंकले अघि छ र सिजनको अन्तिम चार खेल जितेमा १०० अंक पुर्याउँदै कीर्तिमान बराबरी गर्नेछ । यसअघि रियल मड्रिड (२०११–१२) र बार्सिलोना (२०१२–१३) ले १०० अंक बनाएका थिए ।
यस्तै, बार्सिलोनाले यो सिजन जित हासिल गरेमा २९औं ला लिगा उपाधि जित्नेछ । यस्तै एकै सिजनमा सबैभन्दा धेरै जित (३३) को नयाँ कीर्तिमान पनि बनाउन सक्छ ।
यता रियल मड्रिडका लागि भने यो सिजन निराशाजनक बन्ने देखिएको छ । २००९–१० पछि दोस्रो पटक उनीहरू ट्रफीविहीन सिजनतर्फ उन्मुख भएका छन् ।
प्रतिक्रिया 4