+

विश्वकप गुमाउँछु कि भन्ने डरमा थिए यमाल, गरेका थिए प्रार्थना

२०८३ जेठ  १८ गते १०:१३ २०८३ जेठ १८ गते १०:१३
विश्वकप गुमाउँछु कि भन्ने डरमा थिए यमाल, गरेका थिए प्रार्थना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनका १८ वर्षीय स्टार लामिन यामालले बार्सिलोनाबाट खेल्ने क्रममा चोट लागेपछि विश्वकप गुम्ने डर लागेको खुलासा गरेका छन् ।
  • स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले यामाल विश्वकपको पहिलो वा दोस्रो खेलसम्म फिट हुने अपेक्षा गरेका छन् ।
  • युरोपियन च्याम्पियन स्पेनले जुन १५ मा केप भर्डे विरुद्ध खेल्दै विश्वकपको यात्रा शुरू गर्नेछ ।

१८ जेठ, काठमाडौं । स्पेनका युवा स्टार लामिन यामालले चोटका कारण विश्वकप गुम्ने डर लागेको खुलासा गरेका छन् ।

१८ वर्षीय यमाल गत अप्रिल २२ मा बार्सिलोनाबाट खेल्ने क्रममा ह्यामस्ट्रिङमा चोट बोकेका थिए । पेनाल्टी गोल गरेलगत्तै उनी मैदानमा लडेका थिए र चोट गम्भीर हुन सक्ने आशंका गरिएको थियो ।

यमालले चोट लागेपछि विश्वकप खेल्न नपाउने हो कि भन्ने डर लागेको बताएका छन् । उनले चोट गम्भीर नभइ सामान्य समस्या मात्र होस् भनेर प्रार्थना गरेको पनि खुलासा गरेका छन् ।

यद्यपी, स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे ले यामाल विश्वकपको पहिलो वा दोस्रो खेलसम्म फिट हुने अपेक्षा गरेका छन् ।

युरोपियन च्याम्पियन स्पेनले विश्वकपमा जुन १५ मा केप भर्डे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि जुन २१ मा साउदी अरेबिया र जुन २६ मा उरुग्वे सँग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेनलाई यसपटक उपाधिको दाबेदार मानिएको छ । यमालले युरोपियन च्याम्पियनको हैसियतमा टोलीले विश्वकपमा आफ्नो शतप्रतिशत दिने बताएका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ लामिन यमाल स्पेन फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय