+

विश्वकपमा समय खेर फाल्नेमाथि कडाइ, फिफाले नयाँ नियम लागू गर्दै

२०८३ जेठ  १८ गते १०:१३ २०८३ जेठ १८ गते १०:१३
विश्वकपमा समय खेर फाल्नेमाथि कडाइ, फिफाले नयाँ नियम लागू गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले आगामी २०२६ को विश्वकपमा खेलको गति बढाउन र समय खेर फाल्न नदिन रेफ्रीहरूलाई विशेष निर्देशन दिएको छ ।
  • नयाँ नियमअनुसार गोलकिक वा थ्रो-इन लिन ढिलाइ गरे विपक्षीले बल पाउने र खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्ने व्यवस्था गरिएको छ ।
  • रेफ्री वा विपक्षी खेलाडीसँग मुख छोपेर आक्रामक रूपमा कुरा गर्ने खेलाडीलाई रातो कार्ड दिइने नयाँ नियममा उल्लेख छ ।

१८ जेठ, काठमाडौं । फिफा ले आगामी फिफा विश्वकप २०२६ मा खेलको गति कायम राख्न र समय खेर फाल्ने प्रवृत्ति रोक्न रेफ्रीहरूलाई विशेष निर्देशन दिएको छ ।

फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिना ले खेल अनावश्यक रूपमा रोक्ने वा ढिलाइ गर्ने गतिविधिलाई न्यूनतम बनाउने लक्ष्य रहेको बताएका छन् ।

नयाँ व्यवस्थाअनुसार गोलकिक वा थ्रो-इन लिन ढिलाइ गरे रेफ्रीले पाँच सेकेन्डको दृश्यात्मक गणना सुरु गर्न सक्नेछन् । समयभित्र गोलकिक नलिए विपक्षी टोलीले कर्नर पाउनेछ भने थ्रो-इन नलिए बल विपक्षी टोलीलाई दिइनेछ ।

त्यस्तै, परिवर्तन गरिएका खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ। चोट वा सुरक्षा सम्बन्धी विशेष अवस्थाबाहेक ढिलाइ गर्न पाइने छैन ।

फिफाले मुख छोपेर आक्रामक वा विवादास्पद ढंगले विपक्षी खेलाडी वा रेफ्रीसँग कुरा गर्ने खेलाडीलाई रातो कार्ड देखाउन सकिने जनाएको छ । सामान्य संवादका क्रममा मुख छोपिएको अवस्थामा भने कारबाही गरिने छैन ।

भिडियो सहायक रेफ्री (भीएआर) सम्बन्धी नियम पनि थप स्पष्ट पारिएको छ। गलत रूपमा दोस्रो पहेँलो कार्डपछि दिइएको रातो कार्ड, गलत खेलाडीलाई कार्ड देखाइएको अवस्था तथा गलत रूपमा दिइएका केही कर्नर निर्णयको समीक्षा गर्न भीएआर प्रयोग गर्न सकिनेछ ।

यद्यपि खेलको गति बढाउने प्रयास गरिए पनि विश्वकपका प्रत्येक खेलमा दुवै हाफको बीचतिर तीन मिनेटको पानी पिउने विश्राम दिइने फिफाले जनाएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय