+

हेटमायर र अल्जारी जोसेफ वेस्ट इन्डिजको ओडीआई टोलीमा फर्किए

२०८३ जेठ  १८ गते १०:३२ २०८३ जेठ १८ गते १०:३२
हेटमायर र अल्जारी जोसेफ वेस्ट इन्डिजको ओडीआई टोलीमा फर्किए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको एकदिवसीय शृङ्खलाका लागि शिम्रोन हेटमायर र अल्जारी जोसेफलाई टोलीमा राखेको छ ।
  • सन् २०२७ को आईसीसी विश्वकपको तयारीका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले टोलीमा यो परिवर्तन गरेको हो ।
  • दुई टोलीबीचका तीन एकदिवसीय खेलहरू आगामी जुन ३, ६ र ८ मा जमैकाको सबिना पार्कमा सञ्चालन हुनेछन् ।

१८ जेठ, काठमाडौं । वेस्ट इन्डिजले श्रीलंका विरुद्ध हुने एकदिवसीय सिरिजका लागि अनुभवी ब्याटर शिम्रोन हेटमायर लाई टोलीमा पुनः समावेश गरेको छ ।

हेटमायर पछिल्लो पटक गत वर्ष इंग्ल्यान्डविरुद्ध ओडीआई खेलेका थिए । त्यसयता उनी पाकिस्तान, बंगलादेश र न्युजिल्यान्डविरुद्धको सिरिजबाट बाहिर रहेका थिए । उनले हालैको टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै २४८ रन बनाएका थिए ।

वेस्ट इन्डिज क्रिकेट बोर्डका अनुसार आगामी आईसीसी विश्वकप २०२७ को तयारी अन्तर्गत हेटमायरलाई टोलीमा फर्काइएको हो ।

त्यस्तै, चोटका कारण लामो समय बाहिर रहेका तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन् । साथै गुडाकेश मोटी पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाडी बाहिरिएका छन् ।

वेस्ट इन्डिजले पछिल्ला ६ मध्ये ५ ओडीआई गुमाएको भए पनि घरेलु मैदानमा पछिल्ला चार सिरिज जितेको छ । टोलीले जुन ३, ६ र ८ मा जमैकाको सबिना पार्कमा श्रीलंकासँग ओडीआई खेल्नेछ ।

त्यसपछि टी–२० र टेस्ट सिरिज पनि हुनेछन् ।

वेस्ट इन्डिजको टोली : शाइ होप (कप्तान, विकेटकिपर), एकीम अगस्टे, जोन क्याम्पबेल, कीसी कार्टी, रोस्टन चेज, म्याथ्यू फोर्डे, जस्टिन ग्रेभ्स, शिमरोन हेटमायर, अमिर जान्गो, अल्जारी जोसेफ, शमार जोसेफ, गुडाकेश मोटी, शेर्फान रदरफोर्ड, जेडेन सिल्स, शमार स्प्रिंगर

वेस्ट इन्डिज क्रिकेट शिम्रोन हेटमायर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय