0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुरु नै नभई सर्‍यो संसद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १३:०८

२७ जेठ, काठमाडौं । सुरु नै नभई प्रतिनिधिसभा बैठक सरेको छ । बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयमा सुरु हुन सकेन ।

दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको सम्बन्धी सूचना निकालेका छन् ।

‘बुधबार बिहान ११  बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।

निर्धारित समय भन्दा दुई घण्टा ढिलो भए स्वत: बैठक स्थगित हुने कानुनी व्यवस्था छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ६ मा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ । जसमा कार्यबोझलाई ध्यानमा राखी सभामुखले तोकेको दिन र समयमा प्रतिनिधिसभाको बैठक बस्न सक्ने भनिएको छ । नियम ६ को उपनियम २ मा भनिएको छ, ‘निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?