0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिएर सदन खुलाउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १३:३८

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएर सदनको अवरोध खुलाउनेबारे  छलफल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिएर सदन खुलाउने विषयले प्रवेश पाएको हो ।

प्रधानमन्त्री बालेन शाहले सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएपछि लामिछानेले सदन खुलाउन यस्तो विकल्प अघि सारेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन लगायत नेताहरू सहभागी छन् ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यही विषयलाई लिएर विपक्षी दलहरूले विरोध गरेका कारण प्रतिनिधिसभाको बैठक चल्न सकिरहेको छैन ।

विपक्षी दलहरुले प्रधानमन्त्रीको लिखित वक्तव्य आए जुनसुकै मन्त्रीले पढे पनि हुने बताएका छन् तर रास्वपा सभापति रविले परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने र लिखित नहुने बताएका छन् । ‘बालेनलाई पनि बोलाउने कोसिस हुन्छ । अहिले सरकारी धारणा मन्त्रीबाट आउँछ । प्रधानमन्त्रीको तर्फबाट लिखित नै चाहिन्छ नभन्नुस्’, बैठकमा सभापति लामिछानेले प्रस्ताव गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?