+
+
Shares

‘लालीबजार’ ले कोपनहेगनबाट थाल्दैछ डायस्पोरा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • षट्कोण आर्ट्सको फिल्म ‘लालीबजार’ले आगामी ५, ६ र ७ असारमा डेनमार्कको कोपनहेगनबाट आफ्नो डायस्पोरा प्रदर्शन शुरू गर्ने भएको छ ।
  • निर्माता म्याक्स दिपेश खत्रीले भने, "अन्ततः हामीले युरोपको डेनमार्कबाट प्रदर्शनी सुरू गर्दैछौँ ।"
  • नेपालमा छैटौँ सातामा प्रदर्शन भइरहेको यो फिल्म यसअघि कानूनी झमेलाका कारण विदेश प्रदर्शनमा प्रभावित बनेको थियो ।

काठमाडौँ । षट्कोण आर्ट्सको कथानक फिल्म ‘लालीबजार’ले युरोपेली मुलुक डेनमार्कबाट डायस्पोरा प्रदर्शन थाल्ने भएको छ । निर्माताले शुक्रबार विज्ञप्तिमार्फत ५, ६ र ७ असारमा कोपनहेगनमा प्रदर्शन हुने जनाएका हुन् ।

निर्माता म्याक्स दिपेश खत्रीले युुरोपबाट विदेश टूर थाल्न लागिएको जनाए । ‘नेपालमा दर्शकको माया पाएसँगै विदेश प्रदर्शन कहिले हुन्छ भन्ने हामीलाई जिज्ञासा आइरहेको थियो । अन्ततः हामीले युरोपको डेनमार्कबाट प्रदर्शनी सुरू गर्दैछौँ । अन्य देशमा समेत हामीले छिटै प्रदर्शन हुने तालिका तय गर्दैछौँ’, निर्माता खत्रीले भने ।

नेपालमा भने यो फिल्म छैटौं सातामा प्रदर्शन भैरहेको छ । शिक्षाको ज्योतिले समाजमा पर्ने प्रभावलाई फिल्म चित्रण गरिएको र दर्शकले मन पराउनुभएको जानकारी उनले दिए ।

फिल्मलाई लिएर प्रदर्शनको क्रममा कानुनी झमेला आएपछि विदेश प्रदर्शन प्रभावित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?