+

इन्जुरी टाइममा गोल गर्दै कतारले स्विटजरल्यान्डसँग अंक खोस्यो

२०८३ जेठ  ३१ गते २:५६ २०८३ जेठ ३१ गते २:५६
इन्जुरी टाइममा गोल गर्दै कतारले स्विटजरल्यान्डसँग अंक खोस्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत क्यालिफोर्नियामा भएको खेलमा कतारले स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै पहिलो अंक जोडेको छ ।
  • खेलको अन्तिम समयमा कतारका बोउएलेम खोउखीले गोल गरेपछि स्विट्जरल्यान्डसँगको खेल बराबरीमा सकिएको हो ।

३१ जेठ, काठमाडौं । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले  फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड बराबरीमा रोकिएको हो । यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोडेको छ ।

सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन ।

स्विट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राख्दै गोल गर्ने दर्जन बढी अवसर पाएपनि फिनिसिङ हुन सकेन भने कतारका गोलकिपरले पनि उत्कृष्ट प्रदर्शन गरे । खेलमा स्विट्जरल्यान्डले ६० प्रतिशत भन्दा बढी पोसेसन राखेको थियो । तर कतारले अन्तिमसम्म हार मानेन र इन्जुरी टाइममा गोल फर्काउन सफल भयो ।

स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । खेलेको १७औं मिनेटमा डिबक्सभित्र कतारका गोलकिपर महमूद अबुनादाले विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टीले पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै एम्बोलोले स्विट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । ९० मिनेटसम्म एक गोलले पछि परेको कतारका लागि इन्जुरी समयमा बोउलेम खुखले गोल गर्दै बराबरीमा फर्काए । बोउलेमले हेडमार्फत गोल गर्दै कतारलाई हारबाट जोगाएका हुन् ।

सन् २०२२ मा आयोजक राष्ट्रको रुपमा विश्वकप खेलेको कतार यसपटक छनोट चरणमा पार गरेर विश्वकपमा छनोट भएको हो । स्विट्जरल्यान्डले भने १३औं विश्वकप खेलेको छ । सन् २०२२ मा कतार समूह चरणबाट बाहिरिँदा स्विट्जरल्याण्ड अन्तिम १६ पुगेको थियो ।

आजको दोस्रो खेलमा ५ पटकको विश्वविजेता ब्राजिल र गत संस्करणमा चौथो बनेको मोरक्को खेल्दैछन् । उक्त खेल न्यूयोर्क न्यूजर्सी रङ्गशालामा पौने ४ बजेबाट सुरु हुनेछ ।

Photo Credit: IMAGO / Icon Sportswire

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय