News Summary
Generated by OK AI. Editorially reviewed.- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगामी असार १२ र १३ गते पहिलोपटक प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ ।
- अलैँची प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने सो महोत्सवमा बोटबिरुवा प्रदर्शनी, किसान कार्यशाला र व्यवसायीहरूबीच अन्तरक्रिया हुनेछ ।
- ताप्लेजुङको मुख्य नगदेबालीका रूपमा रहेको अलैँची यहाँ करिब ३ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ ।
१ असार, ताप्लेजुङ । अलैँची प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ ।
ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताए ।
आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको सो महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शनी र अवलोकनलगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी र खरिदकर्ता र बिक्रेताबीच अन्तरक्रिया, अलैँची विज्ञ टोलीबीच अलैँचीको आधुनिक खेती र बजार विस्तारसम्बन्धी छलफलको कार्यक्रम रहेको समितिका संयोजक आङ्बुहाङले जानकारी दिए ।
अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रूपमा रहेको छ । ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुनेगरेको पाइन्छ ।
प्रतिक्रिया 4