+
+
Shares

‘लालीबजार’ को कमाइ ९ करोड नाघ्यो : मितज्यू, रोल नं. १, काजीको कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डका अनुसार नेपाली चलचित्र ‘लालीबजार’ले घरेलु बक्सअफिसमा ९ करोड १६ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
  • यो चलचित्रलाई हालसम्म ३ लाख ११ हजार ४०३ जनाले हेरेका छन् भने विदेश र डिजिटल अधिकारसहित यसको कमाइ १० करोड नाघेको छ ।
  • घरेलु बक्सअफिसमा चलचित्र ‘रोल नम्बर १’ ले १ करोड ३५ लाख र ‘मितज्यू’ले १ करोड ३२ लाख रुपैयाँभन्दा बढी ग्रस कमाएका छन् ।

काठमाडौं । सोसल ड्रामा फिल्म ‘लालीबजार’को देशब्यापी कमाइ घरेलु बक्सअफिसमा ९ करोड नाघेको छ । चलचित्र विकास बोर्डका अनुसार आइतबारसम्म यसको कलेक्सन ९ करोड १६ लाख रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म यो फिल्मलाई ३ लाख ११ हजार ४०३ जनाले हेरेका छन् । यो कमाइसँगै षट्कोण आर्ट्सको यो फिल्म लगानी उठाएर पनि नाफामा छ । फिल्मको डिजिटल र विदेश राइट जोड्दा कलेक्सन १० करोड रुपैयाँ ग्रसभन्दा धेरै पुगेको छ ।

अन्य फिल्मले कति कमाए ?

टेरिया मगर अभिनित फिल्म ‘मितज्यू’ले आइतबारसम्म १ करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ ग्रस कमाएको छ । आइतबारसम्म यो फिल्मलाई ४६ हजार १५४ जनाले हेरेका छन् ।

‘रोल नम्बर १’ ले १ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ४७ हजार १५१ जनाले हेरेका छन् ।

विपिन कार्की स्टारर ‘काजी’ले ४४ लाख ४८ हजार ६० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यसलाई १४ हजार ३२४ जनाले हेरेका छन् ।

‘लाइफ ड्यामेज’ले ३४ लाख ६६ हजार २९० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यसलाई ११ हजार ३७१ जनाले हेरेका छन् ।

‘कुम्भ’ले ३ लाख ९१ हजार १० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १६७९ जनाले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?