News Summary
Generated by OK AI. Editorially reviewed.- सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को टोली तीन दिवसीय सांगीतिक कार्यक्रम प्रस्तुत गर्न बेलायत पुगेको छ ।
- बेलायतका रिडिङ, टिडवर्थ र हस्टिङ शहरमा जुन १९, २० र २१ तारिखमा सांगीतिक कार्यक्रमहरू आयोजना हुनेछन् ।
- सांगीतिक यात्रामा शोका कार्यकारी निर्माता सुशील नेपालसहित फाइनलिस्टहरू छिरिङ डोल्मा शेर्पा, सञ्जिता दूरा र रोशन राई सहभागी छन् ।
काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ले बेलायत टूरको घोषणा गरेको छ । त्यहाँका ३ सहरमा सांगीतिक कार्यक्रम आयोजना हुन लागेको जानकारी होस्ट तथा कार्यकारी निर्माता सुशील नेपालले दिए ।
जसअनुसार, १९ जुनमा रिडिङ, २० जुनमा टिडवर्थ र २१ जुनमा हस्टिङका कार्यक्रम हुनेछन् ।
तीन दिवसीय सांगीतिक टूरको लागि भ्वाइस टोली बेलायत पुगिसकेको छ । टोलीमा होस्ट नेपालसहित छिरिङ डोल्मा शेर्पा, सञ्जिता दूरा र रोशन राई छन् । यी सबैजना भ्वाइसका फाइनलिस्ट हुन् ।
सो अवसरमा सामथ्र्य ब्यान्डले पनि प्रस्तुति दिने तय भएको छ । स्वदेशमा भ्वाइस किड्सको पाँचौ सिजन सुरु भैरहँदा भ्वाइस अफ नेपालको टोली भने विदेश टूरमा निस्किएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4