+
+
Shares

शंकर श्रेष्ठ रास्वपाको सहमहामन्त्रीको आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठले आफू पार्टीको सहमहामन्त्री पदको आकाङ्क्षी रहेको बताएका छन् ।
  • श्रेष्ठले “पहिले केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्‍यो । पदाधिकारीमा मेरो इच्छा सहमहामन्त्री पदमा हो ।” भनी बताएका छन् ।
  • रास्वपाको विधान अनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्य तथा दोस्रो चरणमा अन्य पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का संगठन विभागका सचिव शंकर श्रेष्ठ सहमहामन्त्रीको आकांक्षी देखिएका छन् ।

श्रेष्ठले आफू सहमहामन्त्रीको आकांक्षी रहेको अनलाइनखबरसँग बताए ।

पार्टी विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरुको मात्रै निर्वाचन हुन्छ । दोस्रो चरणमा अन्य पदाधिकारीहरुको लागि निर्वाचन हुने व्यवस्था छ । पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ ।

श्रेष्ठले अनलाइनखबरसँग भने, ‘पहिले केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्‍यो । पदाधिकारीमा मेरो इच्छा सहमहामन्त्री पदमा हो ।’

रास्वपामा सहमहामन्त्री चार जना हुने विधानको व्यवस्था गरिएको छ ।

चार सहमहामन्त्रीमा एक जना महिला अनिवार्य छ । हाल सहमहामन्त्री पदमा विपिन आचार्य मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?