News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्रष्टा समाजले २०८३ सालको योगमाया स्मृति सम्मान वरिष्ठ साहित्यकार माया ठकुरी र वरिष्ठ समालोचक निनु चापागाईँलाई प्रदान गर्ने निर्णय गरेको छ ।
- ठकुरीलाई ‘राष्ट्रिय नारी स्रष्टा सम्मान’ र चापागाईँलाई ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ अर्पण गरिने भएको छ ।
- दुवै विधाका सम्मानको राशि जनही ५० हजार १११ रुपैयाँ रहेको नेपाल स्रष्टा समाजले जनाएको छ ।
४ असार, काठमाडौं । नेपाल स्रष्टा समाजले २०८३ सालको योगमाया स्मृति सम्मान दुई जना श्रष्टालाई प्रदान गर्ने निर्णय गरेको छ ।
समाजले ‘राष्ट्रिय नारी स्रष्टा सम्मान’ वरिष्ठ साहित्यकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ वरिष्ठ समालोचक निनु चापागाईँलाई प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाली इतिहासकी साहसी, विद्रोही र क्रान्तिकारी व्यक्तित्व योगमायाको नाममा ती सम्मान स्थापित भएर हरेक वर्ष अर्पण गरिँदै आएको छ ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार समाजले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०६५ साल र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान २०७५ सालदेखि प्रदान गरिँदै आएको छ । दुवै सम्मानको राशि नगद ५० हजार १११ रहेको छ ।
प्रतिक्रिया 4