+
+
Shares
फिफा विश्वकप २०२६ :

गोलकिपर रुमको १५ सेभ, कुरासाओलाई विश्वकपमा पहिलो अंक

फिफा विश्वकप खेल्ने विश्वकै सबैभन्दा सानो देशको कीर्तिमान बनाएको कुरासाओले यस विश्वकपमा पहिलो गोल गर्ने र पहिलो अंक जोड्ने इतिहास पनि बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोलकिपर एलोय रुमले १५ सेभ गरेपछि विश्वकपमा डेब्यु गरेको कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै पहिलो अंक जोडेको छ ।
  • समूह इ मा रहेको कुरासाओले जर्मनी विरुद्ध पहिलो गोल गरेको थियो भने दोस्रो खेलमा इक्वेडरसँग बराबरी खेल्दै पहिलो अंक खोस्यो ।
  • कुरासाओले नकआउट चरणमा पुग्न अन्तिम खेलमा आइभरी कोस्टलाई पराजित गर्नुपर्ने हुन्छ ।

७ असार, काठमाडौं । गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ ।

उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार बचाउ गरे । अमेरिकाको दोस्रो श्रेणीको युएसएल च्याम्पियनसिपमा मायमी एफसीबाट खेल्ने ३७ वर्षे रुमले खेल अवधीभर कूल १५ सेभ गरे । फिफा विश्वकपमा एकै खेलमा सर्वाधिक सेभ गर्ने कीर्तिमान अमेरिकन गोलकिपर टिम हवार्डको नाममा छ । उनले सन् २०१४ को विश्वकपमा बेल्जियम विरुद्ध अन्तिम १६ को खेलमा १६ सेभ गरेका थिए ।

९० मिनेटको नियमित समयमा भने रुम धेरै सेभ गर्ने किपर बनेका छन् । हवार्डले अतिरिक्त समयसम्म पुगेको खेलमा उक्त कीर्तिमान बनाएका थिए ।

कुरासाओले पनि गोल गर्ने केही अवसर बनाएको थियो । तर इक्वेडरका हर्नान् गालिन्डेजले पनि केही राम्रा बचाउ गरे । गालिन्डेजले ३ सेभ गरे ।

समूह ई मा जर्मनी विरुद्ध पहिलो खेलमै विश्वकपमा पहिलो गोल गरेको कुरासाओले दोस्रो खेलमा इक्वेडरलाई स्तब्ध बनाउँदे अंक खोसेको हो ।

बराबरीपछि दुवैले यस समूहमा १-१ अंक जोडेको छ ।

इक्वेडर पहिलो खेलमा अन्तिम समयमा गोल खाँदै आइभरी कोस्टसँग १-० ले पराजित भएको थियो भने कुरासाओ विश्वकपको डेब्यु खेलमा चार पटकको विजेता जर्मनीसँग ७-१ ले पराजित भएको थियो ।

फिफा विश्वकप खेल्ने विश्वकै सबैभन्दा सानो देशको कीर्तिमान बनाएको कुरासाओले यस विश्वकपमा पहिलो गोल गर्ने र पहिलो अंक जोड्ने इतिहास पनि बनाएको छ ।

कुरासाओले अब समूहको अन्तिम खेल आइभरी कोस्टसँग खेल्नेछ । कुरासाओ र इक्वेडर दुवैको नकआउट पुग्ने सम्भावना भने बाँकी नै छ तर त्यो सम्भावना अब कठिन बनेको छ । नकआउट पुग्ने सम्भावना कायम राख्न दुवैले आ-आफ्नो अन्तिम खेल जित्नुपर्नेछ ।

अन्तिम खेलमा इव्केडर र कुरासाओ पराजित भए वा बराबरीमा रोकिएमा भने नकआउट चरण पुग्ने सम्भावना समाप्त हुनेछ ।

आइतबारै बिहान चाँडै भएको खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान बनाइसकेको छ । आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?