+
+
Shares

रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ भारतीय ट्रक

सुरुमा ट्रकहरुलाई ३ दिनसम्म निपनीमा नै बस्न भनिएको थियो तर पछि स्वंयसेवक र प्रहरी मिलेर गेट हटाएर ट्रकहरु पास गराइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका लागि बनाइएका स्वागत गेटमा अड्किएका ५ वटा भारतीय ट्रक गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।
  • पूर्वी चितवनको निपनीमा रातभर रोकिएका ती ट्रकहरू कुरिनटारस्थित बाह्रसिङ्गे वियरको सामग्री बोकेर आएका थिए ।

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा लागि तयार गरिएका गेटका कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।

शनिबार दिउँसो २ बजेतिर पूर्वी चितवनको टिकौली जंगल आइपुगेका ट्रक स्वागत गेट कट्न नसकेर रातभर निपनी भन्ने स्थानमा रोकिएका थिए ।

आज बिहान ट्रकलाई पार गराएपछि पुन: यथास्थानमा ती गेटहरु राखिएको छ । सुरुमा ट्रकहरुलाई ३ दिनसम्म निपनीमा नै बस्न भनिएको थियो तर पछि स्वंयसेवक र प्रहरी मिलेर गेट हटाएर ट्रकहरु पास गराइएको हो ।

ट्रक चालकले कुरिनटारमा रहेको बाह्रसिङ्गे वियरको सामग्री बोकेर आएको बताएका छन् । रास्वपाका प्रतिनिधि तथा सहभागीहरुका लागि भरतपुरका विभिन्न क्षेत्रमा स्वागतका लागि गेटहरु निर्माण गरिएका छन् । तर, यिनै स्वागत गेटको उचाइ भन्दा अग्ला ट्रकहरु आउँदा समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?