+
+
Shares

सरकारले आफ्ना नेतालाई जोगाएर अरु नेतालाई पक्राउ गर्‍यो : रामकुमारी झाँक्री

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १५:५७

१२ असार, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै झाँक्रीले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको र एक जनाको बयानका भरमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले आफूसँग प्रतिस्पर्धी राजनीतिक दलहरूका नेतालाई चुप लाग्ने बनाउनका लागि बङ्गलादेश र पाकिस्तानको मोडलको अभ्यास गर्न खोजिएको टिप्पणी गरिन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको घटनाबारे लक्षित गर्दै उनले सोधपुछका लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई पक्राउ गर्ने काम उचित नभएको

यस्तै उनले एक्सप्रेस वे मा चलेको सरकारले एकमाथि अर्को गलत काम गरेको भन्दै दुर्घटनाको नजिक रहेको टिप्पणी समेत गरिन् ।

त्यसैगरि झाँक्रीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाको छानविनका लागि न्यायिक आयोग गर्न समेत माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?