+
+
Shares

विनियोजन विधेयकबारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १६:२४

१२ असार, काठमाडौं । ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा बैठकमा टेबुल गरिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका सचिव तुल बहादुर कंडेलले विनियोजन विधेयक २०८३ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरे ।

त्यस्तै बैठकले प्रतिनिधिसभा पूर्वसदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक असार १५ गते बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?