+
+
Shares

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते ८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोटीको बडिकेदार गाउँपालिका–२ मा करेन्ट लागेर ५१ वर्षीय हर्कबहादुर पल्लीको मृत्यु भएको छ।
  • झ्याल–ढोका बनाउने क्रममा करेन्ट लागेका पल्लीको घटनास्थलमै ज्यान गएको वडा सदस्य तारा रामजालीले जानकारी दिएका छन्।
  • घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बीपीनगरबाट प्रहरी निरीक्षक बिर बहादुर बोहराको नेतृत्वमा टोली खटिएको छ।

१४ असार, डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिकेदार गाउँपालिका–२ खररका करिब ५१ वर्षीय  हर्कबहादुर पल्लीको मृत्यु भएको हो ।

हर्कबहादुरलाई स्थानीय डम्बर बहादुर पल्ली मगरको घरको झ्याल–ढोका बनाउने क्रममा शनिबार साँझ करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको बडीकेदार गाउँपालिका–२ का वडा सदस्य तारा रामजालीले जानकारी दिएका छन् ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बीपीनगरबाट  प्रहरी निरीक्षक बिर बहादुर बोहराको कमाण्डमा ७ जनाको टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?