+
+
Shares

नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैंले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटनमन्त्री खडकराज पौडेलले सरकारसँग हवाई उद्योगमा आफैँ लगानी गरेर अघि बढाउने आर्थिक हैसियत नरहेको स्पष्ट पारेका छन् ।
  • मन्त्री पौडेलले हवाई उद्योग सुदृढ नभई पर्यटन विकास र राष्ट्रको उन्नति सम्भव नहुने भन्दै सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने बताएका छन् ।
  • उनले ईयूको उडान प्रतिबन्ध हटाउन सरकारले नीतिगत, कानूनी र सुरक्षा मापदण्ड पूरा गर्ने कार्य अघि बढाएको दाबी गरेका छन् ।

१५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धि संवाद कार्यक्रममा बोल्दै उनले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।

मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढने योजना बनाएको पनि बताए ।

हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो ।

उहाँले ईयूको आकाशमा उडानमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको दाबी गरे ।

मन्त्री पौडेलले भने,‘नेपाल भूपरिवेष्ठित कन्ट्री भएको कारणले र पर्यटनबाट राष्ट्रले ठूलो आकांक्षा राखेको अर्थबाट यो क्षेत्र हवाई उद्योगको एउटा ठूलो भूमिका नेपालको विकासमा अडिएको छ । हामी जति संख्यामा पर्यटकहरू भित्रयाउने आकांक्षा देखेका छौँ । त्यही अनुसार हामीले योजना, नीति बनाइरहन्छौ । तर हवाई क्षेत्रको अवस्था हेर्दा त्यो देखिँदैन । भएका कम्पनीका साथीहरूको पनि गुनासो मात्रै बढी छ । सप्रिँदै जाने भन्दा बिग्रँदै गएजस्तो देखिन्छ । र, अर्कोतिर सरकार आफैँले पनि फेरि चाहेर एउटा तातेताते गराई हालौं भन्ने अवस्था पनि छैन ।’

उनले अगाडि भने, ‘प्रमुख रूपमा त हामी सबैलाई थाहा छ–अहिले इयुको आकाशमा हामी प्रतिवन्धित छौ । त्यो प्रतिबन्धबाट उठाउनका लागि पनि हामीले धेरै नीतिगत, कानूनी सुधारहरु पनि गर्नुपर्नेछ । अरू धेरै सुरक्षाका मापदण्डलाई पूरा गर्दै जानुपर्नेछ ।’

मन्त्री पौडेलले नेपालको हवाई उद्योगले नै मुलुकमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यलाई बोकेको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?