News Summary
Generated by OK AI. Editorially reviewed.- मितेरी पुलको मर्मत तथा जाँचका लागि १५ र १६ असारमा रसुवागढी नाका बन्द गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस अवधिमा पुलबाट हुने सबै सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
- कैलाश मानसरोवरका तीर्थयात्रुलाई सुरक्षा निकायको समन्वयमा १० जनाको समूहमा यात्रा गर्ने व्यवस्था मिलाइएको छ।
१५ असार, काठमाडौं । रसुवागढी सीमा नाका दुई दिन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चिनियाँ पक्षबाट नेपाल–चीन जोड्ने मितेरी पुल (बेलिब्रिज)को जाँच तथा मर्मत सम्भारका लागि १५ र १६ असारका दिन बन्द गरिएको हो ।
सो बेलिब्रिजबाट सवारी आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ । कैलाश मानसरोवर तीर्थाटनमा रहेका तीर्थयात्रुलाई भने १०/१० जनाको समूहमा दुबै पक्षका सुरक्षा संयन्त्रको समन्वयमा यात्रा सहजीकरण गरिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4