News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।
- जसपा नेपालका सांसद उपेन्द्र महतोले बजेट विनियोजनमा असमानता रहेको र मन्त्रालयमुखी बजेट आएको भन्दै सरकारले जनतालाई ठगेको आरोप लगाए।
- प्रतिपक्षीको अडानपछि सभामुख रामअशिष यादवले बजेट संशोधनको माग सम्बोधन नभएसम्मका लागि प्रदेश सभाको बैठक १० मिनेटका निम्ति स्थगित गरेका हुन्।
१७ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमतले सदन अवरुद्ध गरेका छन् ।
बुधबार बजेटमाथि छलफलका लागि बसेको प्रदेश सभा बैठकको सुरुमै जसपा नेपालका सांसद उपेन्द्र महतोले एक करोड भन्दा कमको योजनाको बजेट नल्याउने भने पनि ५ लाखसम्मको बजेट देखिएकोले जनतालाई सरकारले ठगेको, समान हिसाबले सबै जिल्लामा बजेट विनियोजन नभएको, मन्त्रालयमुखी बजेट रहेकोले संशोधन हुनुपर्ने माग गरे ।
बजेट संशोधन माग पूरा नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान पश्चात सभामुख रामअशिष यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4