+
+
Shares

टेरामक्स भ्रष्टाचार प्रकरणमा दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर

उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना ठहर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १९:४६

२२ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जना दोषी ठहर भएका छन् ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो ।

उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना ठहर भएको छ ।

त्यस्तै यही प्रकरणमा कांग्रेस नेता मोहनबहादुर बस्नेतले भने सफाइ पाइका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?