+
+
Shares

इलाममा विपद्ले पारेको समस्या बोकेर प्रधानमन्त्री कार्यालयमा सुहाङ, समाधानको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १६:५६

२५ असार, काठमाडौं । अविरण वर्षा र विपद्का कारण इलामको विभिन्न क्षेत्रमा देखिएको अवागमन र आपूर्तिमा परेको असरबारे क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मेची राजमार्गको माइखोला सडक खण्ड, झापा–इलाम फास्ट र्ट्याक अन्तर्गत बेलासे सडक खण्ड, सिमलगोलाई सडक खण्ड तथा गजुरमुखीदेखि देउमाई जाने पक्की पुल क्षतिग्रस्त हुँदा एम्बुलेन्स, खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ देखिएको छ ।

यसबारे उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर तत्काल समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

उक्त विषयमा प्रधानमन्त्रीको सचिवालयलाई जानकारी गराउँदै छलफल भएको तत्कालै सम्बन्धित मन्त्रालय र सीडीओ कार्यालयमार्फत काम पनि अघि बढेको सांसद नेम्वाङले बताए ।

सडक सुचारु गर्ने, वैकल्पिक व्यवस्था मिलाउने र अत्यावश्यक आपूर्ति सहज बनाउने प्रक्रिया अघि बढाइने लगायतका काम गर्नेबारे छलफल भएको उनले बताए ।

प्रधानमन्त्रीको सचिवालयबाट पनि तत्कालै रेस्पोन्स भएको र त्यस विषयमा निरन्तर छलफल पनि भइरहेको उनले बताए ।

सांसद नेम्वाङले कठिज अवस्थामा धैर्य गर्न आग्रह गर्दै आफू सधैं जिल्लाबासीको सहयोगका लागि सक्रिय रुपमा लाग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?