+
+
Shares

गणेश नेपालीको मृत्यु प्रकरण : तीन जना नगर प्रहरी नियन्त्रणमा

नियन्त्रणमा रहेका तीनैजना काठमाडौं महानगरका नगर प्रहरीहरू हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।
  • घटनाको अनुसन्धानका लागि काठमाडौं महानगरका तीन नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • नगर प्रहरीले ह्विल लक गरेपछि भएको विवादका कारण नेपालीले आफ्नै शरीरमा आगो लगाएको आफन्तको दाबी छ ।

२६ असार, काठमाडौं । आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा रहेका तीनैजना काठमाडौं महानगरका नगर प्रहरीहरू हुन् । दुई महिला र एक पुरुष नगर प्रहरीसँग प्रहरीले नगर प्रहरीसँग अहिले सोधपुछ गरिरहेको छ ।

उनीहरूलाई अहिले कालीमाटी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ । बिहीबार
काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि दिउँसो साढे १ बजे आफ्नै शरीरमा आगो लगाउँदा मुगुका गणेश नेपाली गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज निधन भएको हो ।

बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो।

त्यसपछि केहीबेर सुरक्षाकर्मीसँग विवाद परेको र पछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ। प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?