News Summary
Generated by OK AI. Editorially reviewed.- याक्थुम समुदायको मुन्धुममा आधारित नाटक ‘केसामी नाम्सामी’ थापागाउँस्थित थिएटर नेपालमा मञ्चन भइरहेको छ।
याक्थुम समुदायको केसामी नाम्सामी मुन्धुममा आधारित नाटक ‘केसामी नाम्सामी’ मञ्चन सुरु भएको छ । नाटक थापागाउँस्थित एक थिएटर नेपालमा साउन १८ गतेदेखि मञ्चन सुरु भएको हो ।
यासेली योङहाङले नाट्य रूपान्तरण गरेको नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनिल सुब्बाले गरेका छन् । नाटकमा मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, विश्वास, द्वन्द्व र नैतिक जिम्मेवारी प्रस्तुत गरिएको निर्देशक सुब्बाले बताए ।

उनका अनुसार ‘केसामी-नाम्सामी’ पुस्तौंदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृति हो । जसलाई उनले आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
नाटकमा कलाकार सौजन सेनेहाङ, आकाश सुहाङ लिम्बू, अञ्जना राई, पुष्पाञ्जली लिम्बू, अपेक्षा सुब्बा, रमिता राई र चिराग पनेरुले अभिनय गरेका छन् ।
आगामी भदौ १३ गतेसम्म मञ्चन हुने नाटक बुधबारबाहेक साताको प्रत्येक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो हुने थिएटरले जनाएको छ ।
फोटोहरू : चन्द्र बहादुर आले


प्रतिक्रिया 4