News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा चिनियाँ कम्पनी सीएएमसी र कर्मचारीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाखभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो।
- अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त धरौटी रकम माग गर्ने निर्णय गरेको हो।
२० साउन, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुट सम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी मागेको हो ।
अख्तियारले गत बैशाखमा केही कर्मचारीहरु सहित पोखरा विमानस्थल निर्माणमा संलग्न चिनिया कम्पनी सीएएमसी र त्यसका सञ्चालकहरुमाथि मुद्दा दायर गरेको थियो ।
अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबी थियो । उनीहरुमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी थियो ।
प्रतिक्रिया 4