+
+
Shares

मर्दी पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

माछापुच्छ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीका तीन जना युवक सम्पर्कविहीन भएका छन्।
  • पोखरा महानगरपालिका-१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
  • माछापुच्छ्रे गाउँपालिका-९ को जङ्गलमा बाटो बिराएको आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र बनाएको छ।

२० साउन, गण्डकी । मर्दी हिमाल पदयात्रामा रहेका तीन जना सम्पर्कविहीन भएका छन् । पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका-१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका हुन्।

माछापुच्छ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।

युवकहरुको मोबाइल बन्द रहेको माछापुच्छ्रे-६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए ।

‘मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?