News Summary
Generated by OK AI. Editorially reviewed.- अविनाशविक्रम शाह निर्देशित फिल्म ‘तिनीहरू’ आगामी १९ भदौबाट देशभरका हलमा प्रदर्शन हुने भएको छ ।
- जंगली हात्तीको आतंक र हराएकी छोरीको खोजीमा केन्द्रित यो फिल्ममा पुष्पा थिङले शीर्ष भूमिका निर्वाह गरेकी छिन् ।
- कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड जितेको यो फिल्म अन्डरग्राउन्ड टकिजको ब्यानरमा निर्माण भएको हो ।
काठमाडौं । अविनाशविक्रम शाह निर्देशित कथानक फिल्म ‘तिनीहरू’ को देशब्यापी प्रदर्शन मिति घोषणा भएको छ । आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गर्दै निर्माताले फिल्म १९ भदौ (४ सेप्टेम्बर)मा आउने जनाएका छन् ।
ट्रेलरले कथावस्तु, चरित्र चित्रण, सेटिङ र मनोविज्ञान दर्शाउँछ । हराएकी छोरी खोज्न मुख्य पात्रले गर्नुपरेको संघर्षको कथा यसमा चित्रण छ । जंगली हात्तीले दुःख दिने गाउँमा सन्तान हराएको पीडा र खोजीका लागि आमाको यात्राको कथा छ ।
यो ट्रेलरलाई निर्माताले म्युजिकल ट्रेलरको नाम दिएका छन् । गीत र नाचगानको नेपथ्यमा कथालाई प्रस्तुत गरिएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘एलिफेन्ट्स इन द फग’ शीर्षकबाट यसले प्रतिस्पर्धा गरेको थियो । फेस्टिभलमा यो फिल्मले जुरी च्वाइस अवार्ड जित्यो ।
जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायको कथा पेश गरिएको यो फिल्ममा पुष्पा थिङको शीर्ष भूमिका छ । यसबाहेक गौरी मल्ल, माओत्से गुरुङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्की लगायतका सह-कलाकार छन् ।
फिल्मको निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स छन् । अन्डरग्राउन्ड टकिजको ब्यानरमा फिल्म निर्माण भएको हो ।
प्रतिक्रिया 4