+
+

एफसी चितवन र झापा एफसीबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १८:१०

१ भदौ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ ।

सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो ।

एफसी चितवनले मंगलबार नेपाली फुटबल विकासको लागि झापा एफसीसँग सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ ।

यही भदौ १० देखि हुने सी डिभिजन छनोटमा झापाले पनि खेल्दैछ । सचिन्द्र धिमाल टिमको प्रशिक्षक रहेका छन् । सम्झौता अनुसार झापाले आईएमई ग्रुपको लोगो जर्सीमा राख्नेछ । यस्तै खेलाडी आदानप्रदान पनि गरिनेछ ।

झापा एफसीका खेलाडीले ट्रायलमार्फत चितवनबाट एनएसएल खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?