+

पलेशालाई आईओएफटीसीको सम्मान

२०७८ कात्तिक  १२ गते १८:२२ २०७८ कात्तिक १२ गते १८:२२
पलेशालाई आईओएफटीसीको सम्मान

१२ कात्तिक, काठमाडौं । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)ले टोकियो पारालम्पिक–२०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंमा कार्यक्रमको आयोजना गरी पलेशालाई १ लाख १ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

टोकियो पारालम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा मुख्य ‘ड्र’ को पहिलो खेलमा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् । रिपाचेजमा पुनः अवसर पाएकी पलेशाले पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी खेलाडीलाई हराउँदै कास्य पदकनजिक पुगेकी थिइन् । कास्य पदकको भीडन्तमा पलेशा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।

पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए । २०१५ देखि पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन शुरु गरेका अन्तर्राष्ट्रिय लेभल २ प्रशिक्षक लामा र विष्टलाई जनही ५१ हजार रुपैयाँ नगद प्रदान गरियो ।

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई पाटन माविमा आयोजित एक कार्यक्रममा नगद र प्रशंसापत्र प्रदान गरे ।

आईओएफटीसी टोकियो पारालम्पिक पलेशा गोवर्द्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय