
१४ कात्तिक, काठमाडौं । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार राति कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ परखेडीका ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको छ ।
करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने प्रहरीको भनाइ छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4