+
+

लोकेश बमको विस्फाेटक ब्याटिङमा एपीएफको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १७:२७

२७ पुस, काठमाडौं। लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २१ बलमै अर्धशतक प्रहार गरेपछि एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बमको अर्धशतक मद्दतमा एपीएफले मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

लगातार दोस्रो जितपछि एपीएफ ४ अंक जोड्दै समूह बी को शीर्ष स्थानमा छ । एपीउफले सोमबार भएको पहिलो खेलमा प्रदेश २ लाई २४ रनको पराजित गरेको थियो ।

पहिलो खेलमा लुम्बिनीलाई हराएको बागमतीको भने यो पहिलो हार हो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८.४ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गर्‍यो।

एपीएफका लागि लोकेश बमले २४ बल खेल्दै १० चौका र १ छक्का मद्दतमा ५० रन बनाए । पाँचौ ओभरमा रामनरेश गिरीलाई पाँच चौका र १ छक्का प्रहार गर्दै एकै ओभरमा २६ रन जोडेका बमले ४६ रन बाउन्ड्रीबाटै जोडेका थिए ।

यस्तै प्रदिप ऐरीले नटआउट ३६ रन बनाउदा सन्दिप जोरा १५ रनमा अविजित रहे ।

बागमतीका लागि रामनरेश गिरी, रिजन ढकाल र प्रतिस जिसीले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक २९ रन बनाउँदा लोअर अर्डरका नन्दन यादवले २४ रन योगदान गरे । यस्तै सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए ।

एपीएफका लागि अविनास बोहराले सर्वाधिक २ र कमल ऐरीले २ विकेट लिए । दुवैले ४ ओभरमा समान ३२ रन खर्चिए ।

कप्तान शरद भेषवाकर र किशोर महतो एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?