+
+

एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा सुष्माले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते २१:१९

३ माघ, काठमाडौं । उज्वेकिस्तानको तासकन्द शहरमा हुने एएसबीसी यु–२२ पुरुष-महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुष्मा तामाङ सहभागी हुने भएकी छन् ।

उनले  ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

सु्ष्मासँगै प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकारलाई आइतबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिदाइ गरेका छन् ।

खेलाडी सुष्मा भर्खरै काठमाडौंमा सम्पन्न प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको स्वर्ण पदक विजेता हुन् ।

यसै वर्ष वैशाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङमा उनी क्वाटरफाइनलसम्म पुगेकी थिइन् । सुष्मा विश्व युवा बक्सिङको वरियतामा छैटौं स्थानमा छिन् ।

यही जनवरी २० देखि ३० तारिखसम्म हुने उक्त प्रतियोगितामा एशिया महादेशका २५ भन्दा बढी राष्ट्रको सहभागिता हुनेछ । नेपाली टोली मंगलबार तासकन्द प्रस्थान गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?