
२० माघ, दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ल्याउने शर्तमा सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन नसक्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले गठबन्धनभन्दा राष्ट्रियता ठूलो भएको टिप्पणी गरे ।
‘नेपाली कांग्रेस गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लागि परेको छ’ उनले भने, ‘त्यही गठबन्धनको आडमा एमसीसी आउन प्रयास भइरहेको छ । कुनैपनि हालतमा एमसीसी पास हुदैन ।’
अध्यक्ष केसीले संसद अवरुद्ध गरेर जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो संकेत नभएको बताए । संसद लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको उल्लेख गरे ।
प्रतिक्रिया 4