+
+

युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ९:२९

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।

पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

रूसको रक्षा मन्त्रालयले युक्रेनका सैनिक अड्डा, वायु रक्षा र वायु सेनालाई निशाना बनाइएको जनाएको छ । त्यसका लागि उच्चस्तरका सटिक हतियारको प्रयोग गरिएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रूसको सरकारी एजेन्सी आरआईएले जनाएको छ ।

यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?