+
+

एएफसी कपको प्रारम्भिक चरणबाटै बाहिरियो लिग च्याम्पियन मछिन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १९:०२

२२ चैत, काठमाडौं । नेपालको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ को प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।

समूह चरणमा स्थान बनाउने लक्ष्य राखेको मछिन्द्रले घरेलु मैदानमै श्रीलंकन सुपर लिग च्याम्पियन क्लब ब्लु स्टार स्पोर्टिङ क्लबसँग मंगलबार २-१ ले पराजित भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भ्रमणकारी टोलीलाई जित दिलाउन मोहमेद ईशान र सेनाल सन्देशले गोल गरे । ब्लु स्टारले दुवै गोल पहिलो आधा घण्टा भित्रै गरेको थियो ।

दोस्रो हाफको अन्तिममा कप्तान सुजल श्रेष्ठले मछिन्द्रका लागि गोल गरे पनि त्यो निकै ढिला भएको थियो । घरेलु मैदान र दर्शकको साथ पाए पनि मछिन्द्रले भने गोल गर्न सकेन ।

खेलमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पेनाल्टी बचाएका थिए ।

घरेलु मैदानमा घरेलु दर्शकको अगाडी मछिन्द्रले सुरुवाती दश मिनेट बल पोसेसन राखेपनि गोल गर्ने सकेन ।

पहिलो हाफमा ब्लु स्टारले पाएको पेनाल्टी भने मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । खेलको नवौं मिनेटमा नुर्लान नोभ्रुजोभले गोल गर्ने अवसर मिस गरे । उनले पेनाल्टी बक्सबाट हानेको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

१५औं मिनेटमा ब्लु स्टारले पेनाल्टी पायो । तर अरेपेड ओम्बेबेको पेनाल्टी प्रहार मछिन्द्रका विशाल श्रेष्ठले बचाए । देवेन्द्र तामाङले सेनल सन्देशलाई फाउल गरेपछि ईराकी रेफ्री युसुफ सईद हसनले पेनाल्टी दिएका थिए ।

१८औं मिनेट मछिन्द्रका कप्तान सुजल श्रेष्ठको हेडर पोष्ट नजिकबाट बाहिरियो । २४औं मिनेटमा मोहमेद ईशानले गोल गर्दै श्रीलंकन क्लब ब्लु स्टारलाई अग्रता दिलाए ।

२८औं मिनेटमा सेनाल सन्देशले गोल गर्दै ब्लु स्टारको अग्रता दोब्बर पारे । दोस्रो हाफमा मछिन्द्रले एक गोल फर्काएपनि नतिजा उल्टाउन सकेन । मछिन्द्रले खेलमा फर्कने निरन्तर प्रयास गरेको थियो ।

हेर्नुहोस् थप तस्वीरहरु

दोस्रो हाफमा मछिन्द्रले गोलका लागि केही अवसर सिर्जना गरेपनि त्यसलाई फिनिसिङ दिन सकेन । खेलको इन्जुरी टाइममा कप्तान सुजलले सान्तवना गोल गरे ।

अपराजित रहँदै शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मछिन्द्रले घरेलु मैदानमा सोचे अनुसारको प्रदर्शन गर्न सकेन । गत फागुन १२ गते लिगको अन्तिम खेलमा एपीएफलाई २-१ ले हराएर लगातार दोस्रो पटक लिग उपाधि जितेकाे मछिन्द्र ४० दिनपछि दशरथ रंगशालामा उत्रिँदा लिगको लय देखिएन ।

मछिन्द्रलाई हराएको ब्लु स्टारले दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग अप्रिल १२ मा कोलकतामा खेल्नेछ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?