+
+
WC Series
पोखरा एभेन्जर्स 2025
44/3 (6.5)
VS
७९ बलमा १२२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १७:५९

२६ जेठ, काठमाडौं । प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-२० स्थायी ईर भई हाल काठमाडौं महानगरपालिका-१० बस्‍दै आएका ३६ वर्षीय उत्सव दाहाल रहेका छन् ।

उनलाई बिहीबार बालाजुको माछापोखरीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले अजय वाइवालाई वैदेशिक रोजगारकोलागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रकम ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई कारबाहीको लागि वैदेशिक रोजगार बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?