
काठमाडौं । मिस नेपाल २०२२ का सबै ९ वटा सब-टाइटलको प्रतिस्पर्धा सकिएको छ । बुधबार र्याडिसन होटलमा अन्तिम २४ जना प्रतिस्पर्धीले ‘बर्जर मिस ग्ल्यामर’ विधामा प्रतिस्पर्धा गरे ।
बर्जर पेन्ट्स नेपालले सहप्रायोजन गरेको यो विधामा सहभागी सुन्दरीले र्याम्प नापे । शो स्टपरको रुपमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले पनि फेसन शो प्रस्तुत गरिन् । प्रतिस्पर्धीले डिजाइनरद्वय मुकु बुटिकका मुक्तिका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका सिल्क मेटालिका र नन-मेटालिका डिजाइनमा र्याम्प नापे ।
रचना गुरुङ शर्माको कोरियोग्राफी रहेको उक्त प्रतिस्पर्धामा सबै जना प्रतिस्पर्धीलाई आठ–आठ समूहमा विभाजन गरिएको थियो । मिस नेपाल आयोजक हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले सबै सहविधाका प्रतिस्पर्धा समापन भएको बताए ।
मिस नेपालको ग्रान्ड फिनाले शनिबार आयोजना हुँदैछ ।
तस्वीर सौजन्य : हिडन ट्रेजर
प्रतिक्रिया 4