+
+

एनओसी अवार्ड : प्रिन्स र गौरिका उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते २०:३२

९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ ।

ब्याडमिन्ट खेलाडी प्रिन्स दाहाल र पौडीकी गौरिका सिंहले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् ।

ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) काठमाडौंमा एक कार्यक्रम गरी प्रिन्सलाई पुरुष तर्फ र गौरिकालाई महिलातर्फ उत्कृष्ट खेलाडीको अवार्ड  प्रदान गरेको हो ।

यस्तै गल्फका दीपक मगरले पुरुषतर्फके उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए भने महिलातर्फ तेक्वान्दोकी संगिना वैद्यले अवार्ड जितिन् । उत्कृष्ट खेल संघको अवार्ड नेपाल तेक्वान्दो संघले पाएको छ ।

(एनओसी)ले ४ विधाका उत्कृष्ट पत्रकारलाई पनि अवार्ड प्रदान गरेको छ । छापा माध्यमतर्फ राजु घिसिङ, भिजिअल माध्यम तर्फ सविना कार्की, मल्टिमिडियातर्फी निरञ्जन राजवंशी र फोटो पत्रकारतर्फ राजेन्द्र चित्रकारले अवार्ड हात पारेका छन् ।

आधुनिक ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर हरेक वर्षको जुन २३ मा ओलम्पिक दिवस मनाउने गरिन्छ । एनओसीले पहिलो पल्ट यसपालि अवार्ड वितरण गरेको हो ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?