+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

विचौलियालाई फाइदा हुने गरी बजेट बनाएको होइन : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विचौलियालाई फाइदा हुने गरी बजेट नबनाएको प्रष्टीकरण दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १५:०१

१३ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विचौलियालाई फाइदा हुने गरी बजेट नबनाएको प्रष्टीकरण दिएका छन् ।

सोमबार राष्ट्रियसभामा अर्थ मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उद्योगी, किसान र व्यवसायीलाई फाइदा हुने गरी ल्याएका कार्यक्रमलाई विचौलियासँग जोड्न नमिल्ने बताए ।

‘कहाँनेर के मा विचौलियालाई फाइदा भयो ?’ उनले प्रश्न गरे, ‘औद्योगिक क्षेत्रको विकासका लागि नीति बनाउँदा विचौलियालाई फाइदा भयो भन्ने ?’

निकासी गर्ने उद्योगलाई विद्युत छुट दिँदा करिब २०० उद्योगले फाइदा लिन सक्ने भन्दै उनले निकासी गर्ने उद्योग थपिए उनीहरुले पनि यो सुविधा पाउने बताए ।

सांसदहरुले अर्थमन्त्री शर्मालाई विद्युतीय गाडीमा कर किन बढाएको भनी प्रश्न गरेका थिए । उनले महंगा विद्युतीय गाडीमा मात्र कर बढाएको बताए ।

‘बजारमा धेरै प्रकृतिका गाडी छन्, १२–१३ वटा गाडी छन्, जो सस्ता छन्’ उनले भने, ८–१० किसिमका महंगा गाडी छन् ।’

महंगो गाडी किन्न सक्नेसँग कर धेरै संकलन गर्ने उद्देश्य राखिएको पनि मन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?