+
+

तुलसी घिमिरेको निर्देशन र नीर शाहको निर्माण रहने फिल्म ‘कोही किन बर्बाद होस्’ छायांकनमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १२:३९

काठमाडौं । तुलसी घिमिरेको निर्देशन र नीर शाहको निर्माणमा बन्न लागेको फिल्म ‘कोही किन बर्बाद होस्’ छायांकनमा जाने तयारीमा छ । मुख्य कलाकारका लागि अहिले अडिसन चलिरहेको छ ।

उपन्यासकार विजय मल्लको नाट्य कृतिमा आधारित हुने यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गर्न लागिएको जनाइएको छ । निर्मातामध्येका चैतन्यप्रकाश प्रधानका अनुसार आउँदो महिनादेखि फिल्मको छायांकन सुरु हुनेछ । मकवानपुरको पालुङ र टिस्टुङ क्षेत्रमा छायांकन सुरु हुने फिल्ममा ६० जना कलाकार हुने निर्माता प्रधानले जानकारी दिए ।

विजय मल्ल स्मृति प्रतिष्ठानसँग मिलेर बनाउन लागिएको यो सोसल ड्रामा फिल्मले अहिले नेपाली फिल्ममा देखिएको दृश्यभाषाको रिक्ततालाई पूर्ति गर्ने शाहले यसअघि नै बताइसकेका छन् ।

निर्देशक समेत रहेका शाहले चर्चित नेपाली साहित्यिक कृतिमा आधारित फिल्म बनाइरहेका छन् । यस्तोमा २०१५ सालमा मल्लले लेखेको नाटकमा फिल्म बन्न लागेको हो ।

बालबालिकामा प्रेम र मातृत्वले पार्ने प्रभाव र अभिभावकको दायित्व सम्झाउने यो नाटक नेपाली पाठकमाझ चर्चित छ । ध्रुव नामका एक बदमास विद्यार्थी, प्रिन्सिपल सुन्दर र शिक्षिका वरपर यो नाटक घुमेको छ । आरोहण गुरुकुलमा दुई पटक यो नाटक मञ्चन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?