+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेपछि फेरि हत्या !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १५:४८

६ साउन, जनकपुरधाम । महोत्तरीमा हत्या अभियोगमा ७ बर्ष जेल सजाय भोगेर आएका व्यक्ति दुई महिनामै अर्को हत्याको आरोपमा पक्राउ परेका छन् ।

आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा ७ बर्ष जेल बसेर १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका पिपरा गाउँपालिका-५ सहोडबाका रामनाथ दास आफ्नै काकाको हत्या अभियोगमा पुनः पक्राउ परेका छन् ।

रिहा भएर आएको २ महिना नबित्दै रामनाथले ५ साउनमा आफ्नै काका ६० बर्षका रामबहादुर दासको हत्या गरेको पाइएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार रामनाथले आँपको बगैंचामा सुतिरहेका आफ्नै काका रामबहादुरमाथि कोदालो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

रामनाथलाई ५ साउनकै राति पक्राउ गरेको प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?