
१७ साउन, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोको रोशी गाउँपालिका-१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४२ वर्षीय गोर्खमान तामाङ रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मध्यपुर ठिमी-३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ दिन कैद सजाय र ६ लाख रुपैयाँ जरिवाना र २४ हजार क्षतिपूर्तिस्वरुप रमक तिराउने फैसला सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4