+

एन्फा कार्यसमिति बैठक २६ गते बस्ने

२०७९ साउन  १७ गते १५:०३ २०७९ साउन १७ गते १५:०३
एन्फा कार्यसमिति बैठक २६ गते बस्ने

१७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक विभिन्न कारणले स्थगित भएको कार्यसिमति बैठको नयाँ मिति तय भएको हो ।

‘एन्फा महासचिव किरण राईले साउन २६ गते कार्यसमिति बैठक हुने जानकारी दिए । ‘स्थगित भएको एन्फा कार्यसमितिको बैठक २६ गतेका लागि बोलाइएको छ । यसअघिकै एजेन्डा बैठकमा छलफल हुनेछ’, राईले भने ।

यसअघि साउन ५ गते बोलाइएको बैठक हस्ताक्षरमा विवाद हुँदा स्थगित भएको थियो । त्यसअघि साउन २ गते तय भएको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङ अस्वस्थ हुँदा स्थगित भएको थियो ।

एन्फा कार्यसमिति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय