+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दाङमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १५:४४

२५ असोज, दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ  ।

११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले बताए ।

‘अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको छ’ प्रहरी प्रमुख वलीले भने, ‘यौन दुर्व्यवहार हो की करणी नै हो भन्ने कुरा अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी प्रमुख वलीका अनुसार आरोपी पोखरेलले आफ्नो घरमा काम गर्न बसेकी बालिकामाथि पटक-पटक यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडितले जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको जाहेरीका आधारमा आरोपी पोखरेलको खोजी कार्य भइरहेको जनाएको छ ।  पीडितको परिवारले भने मुद्दामा यौन दुर्व्यवहार भनिएपनि बालिकामाथि करणी नै भएको बताउँछ ।

पीडित परिवारका अनुसार बालिका पोखरेलको घरमा गत वैशाखदेखि काम गर्न बसेकी थिइन् । पोखरेलले बालिकालाई असार यता पटक-पटक धाक धम्की देखाएर करणी गर्दै आएको पीडित परिवारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?